२०७३ माघ २२ गते, शनिवार प्रकाशीत
विराटनगरः विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुलमा सम्पन्न कार्यक्रममा डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईं, शिखा बस्नेत तथा हीरा के सी लगायतले सहजीकरण गर्नु भएको थियो ।
सो प्रशिक्षण कार्यक्रममा क्यान्सरको समयमै पहिचान कसरी गर्ने तथा उपचारमा कसरी लाग्ने बारेमा छलफल गरिएको थियो । विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको छ ।
एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिवार ८ बजे यो कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिनुभयो ।
Click here for reference