© राम कुमार धमला (फेसबुकमा म)
रचना
संगै बसी रमाउँला नानु सपना सजाएको छु ।
दुःख गरेरै भए पनि मन रमाएको छु ।।
सारै गाह्रो छ यहाँ एक्लो जीबन जिउनु
पर्दा । तसर्थ पीडाको घाउमा मलम लगाएको छु ।
पीडा पोख्न जानिनजानि कलम चलाएको छु ।
एकदिन सफलता मिल्ला सँघर्षको मैदानमा आङ्ग थमाएको छु ।।
दुई चार बर्ष त हो नानु अनि सुखै सुख होला ।
मनभरि आसै आशको चाङ्ग बनाएको छु ।।