© डा. सूर्यराज निरौला
वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान
कविता
अस्ताउन लागेको सूर्यलाई सोध
दिन कति कष्टप्रद थियो ।
पर्खिरहेकी ती प्रेमिकालाई सोध
रात काटन कति साह्रो थियो ।
परिक्षार्थीहरुलाई सोध
सफल हुन कति चुनौतीपूर्ण थियो ।
प्रतीक्क्षार्थीहरुलाई सोध
समय कति टाढा थियो ।
युद्धमा होमिएका ती सिपाइहरुलाई सोध
लडाइ कति गाह्रो थियो ।
विदेशिएका ती मानिसहरुलाई सोध
आमाको त्यो साथ कतिप्यारो थियो ।
कति न्यानो थियो ।
अनी आफ्नो उचाई कति सानो थियो ।