सर्पको डसाइपछि के नगर्ने: डा. सूर्य पराजुली
- घाउलाई ब्लेडले चिर्ने गर्नु हुदैन जसले गर्दा धेरै रगत बगेर वा घाउ संक्रमित हुदा मृत्यु हुन सक्छ
- घाउबाट मुखले विष चुस्ने काम कहिल्यै नगर्ने, यसो गर्दा अर्को मान्छेलाई पनि बिष लाग्न सक्छ
- धामी झाँक्रीको झारफुक तर्फ कहिले पनि लाग्नु हुदैन
- घाउ बरपर डोरीले कस्सिने गरी बाँधे अंग नै मर्न सक्ने भएकोले गर्नु हुदैन
- कुनै शारीरिक हलचल हुने काम गर्नु हुदैन
- रक्सी सेवन कहिले पनि गर्नु हुदैन
- विद्युतीय झड्का दिने आदि कहिले गर्नु हुदैन
- बरफको प्रयोग गर्ने काम गरी उपचारमा ढिलाई गर्नु हुदैन
- घाउलाई अनावश्यक रुपमा चलाउनु हुदैंन
- डाक्टरले नभनेसम्म केही खानु वा पिउनुहुँदैन