© हीरा के सी
मातृ स्वास्थ्य नर्सिंग बिशेषज्ञ, नेपाल
सुत्केरीले १० कुराहरु मनन गरौ !!
सुत्केरी अवस्था र खानपान
By Mrs. Heera K.C. Parajuli
सुत्केरीअवस्थामा पोषणयुक्त खाना खानु पर्दछ भनेर प्रायश: हामी सबैलाई थाह भएकै कुरा हो तर कुन खानेकुरामा के-के पोषकतत्वहरु पाइन्छ भन्ने बारेमा थोरैलाई मात्र जानकारी होला/ त्यसमा पनि हाम्रो समाजमा रहि आएको परम्परागत रोकटोकले गर्दा के खान हुने? के खान नहुने? भन्ने बारेमा हामी सधै अल्मलिरहेका हुन्छौ / अझ भन्नु पर्दा कोही बिरामी भयो भने अथवा अस्पताल भर्ना भयो भने त हामी खानामा धेरै नै बन्देज लगाउन पुग्छौ / म एक नर्सिङ् प्रोफेशनल हुँ/ मैले कामको दौरानमा मेडिकल, सर्जिकल, प्रसुती लगायत सबै वार्डको अनुभब लिने अवसर पाएको छु / मैले काम गर्दा सबै खाले बिरामीका आफन्तहरुबाट पाएको एउटा साझा प्रश्न हो – मेरो बिरामीले के के खाना बार्नु पर्छ सिस्टर ?
डा. सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
प्रकाशित मिति:२०७० चैत २३ गते १५:४६
एक दिन काम विशेषले शहर नजिकैको एउटा गाउँ गएको थिएँ । चिया पसलमा चिया पिउन एकैछिन के रोकिएको थिएँ । त्यहाँ मैले २०–२२ वर्ष जस्ती देखिने एक गर्भवती महिलालाई देखें । गर्भवती महिला बाटोमा भेटिनु खासै नौलो कुरा होइन । तर उनको अनुहारमा नीलडाम देखिनु भनेको अलिक नौलो कुरा नै थियो । म उनीसँग कुरा गर्न थालेँ । उनको भनाइअनुसार पेटमा बच्चा ८ महिना पुगिसकेछ र अनुहारमा रहेको नीलडाम श्रीमानको कुटाइबाट भएको रहेछ । उनको श्रीमान सधैं रक्सी पिएर उनलाई कुट्ने गर्दा रहेछन् । एकदिन त आप्mनो पुरुषार्थ श्रीमतीको पेटमा लात बजारेर पनि देखाएका रहेछन् । मैले उनीसँग थप कुराहरु गर्न थालें । ‘हजुर यो मेरो दोस्रो बच्चा हो, यसअघि पनि बच्चा तुहिएर खेर गएको थियो । घरमा पोषिला खानेकुरा केही छैनन् । मैले आजसम्म स्वास्थ्य संस्था जाने र औषधि खाने गरेकै छैन ।’ यी कुराले मलाई मर्माहत बनायो । यो घटनाले मलाई यो लेख लेख्न पे्ररित ग¥यो ।
गर्भावस्था स्वास्थ्यको एक विशेष अवस्था हो, जुन बेला गर्भवती महिलालाई अरु बेलाभन्दा एकदमै स्याहारको खाँचो पर्छ । यो अवस्थामा हुने हेल्चेक्राइँले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गर्छ । स्वस्थ शिशु जन्माउनका लागि गर्भवती अवस्थामा स्वस्थ्य रहनु, सुरक्षित बानी–व्यवहार अपनाउनु, स्वस्थ आहार–बिहार गर्नु र परिवारको हर–हमेशा स्याहार चाहिने गर्छ ।
गर्भावस्थाको पहिचान
नियमित शारीरिक सम्पर्क हुने महिलाको नियमित महिनाबारी रोकिने, बिहान–बिहान वाक्–वाक् लाग्ने, बान्ता हुने, छिटो छिटो पिसाब लाग्ने, स्तनको आकार बढ्दै जाने, अमिलो–पीरो बढी खान मन लाग्ने लक्षण गर्भ रहेका लक्षण हुन् । पिसाब तथा रगतमा गर्भावस्था जाँच गरेर गर्भ रहेको प्रमाणित गर्न सकिन्छ । पछिल्ला दिनमा अल्ट्रासाउण्डको मद्दत पनि लिन सकिन्छ ।
नियमित परीक्षण
एउटी महिलाले गर्भ रहेदेखि बच्चा नपाएसम्म कम्तिमा ४ पटक नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु पर्छ । जाँच गराउँदा गर्भवती महिलाको स्वास्थ्यको अवस्था र पाठेघरमा हुर्कंदै गरेको शिशुको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । कम्तीमा चारपटक गर्भावस्थाको जाँच गराउनै पर्छ । पहिलोपटक गर्भवती भएको शंका लाग्नेबित्तिकै, दोस्रोपटक गर्भवती भएको ५ देखि ७ महिनामा, तेस्रोपटक गर्भवती भएको ८ महिनामा र अन्तिमपटक गर्भवती भएको ९ महिनाभित्र स्वास्थ्य परीक्षण गराउनै पर्छ । नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधिको सेवन गर्ने, धनुष्टङ्कारविरुद्ध लगाइने टिटानस टक्सोइडको सुई लगाउने, आइरन, क्याल्सियमलगायतका औषधि नियमितरुपमा खाने गर्नुपर्छ । आइरन, क्याल्सियम औषधि सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्नुपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक चोटी जुकाको औषधि पनि प्रयोग गर्नुपर्छ ।
आवश्यकताअनुसार अल्ट्रासाउण्ड परीक्षण गरेमा पाठेघरमा बढ्दै गएको शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्था आदिबारे थाहा दिने गर्छ । आवश्यकताअनुसार रगतको ग्रुप, हेमोग्लोविन, रगतमा चिनीको मात्रा, पिसाबको परीक्षण, उच्च रक्तचापको जाँच आदि पनि गरिन्छ ।
नेपालको अवस्था
नेपालको अन्तरिम राष्ट्रिय योजना (सन् २००७–१०) अनुसार प्रति लाख महिलामा २ सय २९ जनाको मृत्यु हुने तथ्याङ्क छ । केही समयअघि दशौं पञ्चवर्षीय योजनासम्म यो आकडा २ सय ८१ थियो । सन् २०१५ को सहस्राब्दि विकास लक्ष्यको उद्देश्य २१३ पु¥याउने लक्ष्य उपलब्धिमूलक देखिन्छ । यसैगरी महिलाले आप्mनो जीवनकालमा मुख्यतः १५–४९ वर्षभित्रमा बच्चा जन्माउने संख्या २ दशमलव ६ पुगेको छ, जुन दशौं राष्ट्रिय योजनामा ३ दशमलव १ थियो । यसो हेर्दा महिलाले बच्चा जन्माउने संख्या घट्दै गएको पाइन्छ, जुन सकारात्मक सुधार हो । प्रतिहजार जन्ममा एक महिना अगावै मृत्यु हुने शिशुको संख्या दशौं योजनामा ३३ रहेकोमा अन्तरिम योजनामा २० पुग्नु एकदमै सकारात्मक उपलब्धि हो ।
दक्ष स्वास्थ्यकर्मीबाट प्रसूती गराउनेको संख्या १९ प्रतिशतबाट बढेर २९ प्रतिशत पुगेको छ भने त्रिवर्षीय योजना (२०६७÷६८– २०६९÷७०) को लक्ष्य ६० प्रतिशत रहेको छ । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भे, २०११ अनुसार ३६ प्रतिशत प्रसूती दक्ष स्वास्थ्यकर्मीबाट हुनु सकारात्मक उपलब्धि हो । दशौं योजनाको अन्त्यसम्ममा ४ चोटी पूर्णरुपमा गर्भावस्था जाँच गराउनेको संख्या केवल २९ दशमलव ४ प्रतिशत रहनु र टी.टी. सुई लगाउनेको संख्या ६३ प्रतिशत हुनु दुःखद् कुरा हो ।
जन्म अवधि
अन्तिम महिनाबारी भएको पहिलो दिनबाट ९ महिना ७ दिन जोडेर साधारणतया बच्चा जन्मने दिन अड्कल गर्न सकिन्छ । नेइगेली सूत्र अनुसार ४ प्रतिशत जन्म त्यही दिनमा, ५० प्रतिशत जन्म भए हप्ता अगाडि वा पछाडि,
८० प्रतिशत २ हप्ता अगाडि वा पछाडि, १० प्रतिशत जन्म ४२ औं हप्तामा र ४ प्रतिशत जन्म ४३ औं हप्ता हुने आकलन गर्न सकिन्छ । बच्चा जन्मदाको न्यूनतम तौल २ दशमलव ५ केजी हो । साधारणतया शिशुको जन्म
तौल २ दशमलव ५ केजीभन्दा बढी नै हुन्छ ।
गर्भावस्थामा हुनसक्ने खतरा
गर्भावस्थामा साधारण शारीरिक तथा मानसिक परिवर्तन हुनु स्वाभाविक नै हो । साधारण गर्भमा महिलाको तौल ११ किलोग्रामले बढ्ने हुन्छ । गर्भावस्थामा हुने खतराका केही लक्षणहरुमा आँखा तिर्मिराएर धमिलो देख्ने भएमा वा
हात र मुख सुन्निएमा, टाउको साह्रै दुखेमा, कडासित तल्लो पेट दुखेमा, हातखुट्टा अह्ररो भई काप छुटेमा वा मूर्छा परेमा, योनीबाट अलिकति पनि रगत बगेमा आदि हुन् । बच्चा जन्माउने बेलामा देखा पर्नसक्ने खतराका लक्षणहरुमा ८ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्ने, पहिले हातखुट्टा वा नाल निस्कने, हातखुट्टा अह्ररो भई काँप छुट्ने वा मूर्छा पर्ने, बच्चा जन्माउनुअघि अथवा बच्चा जन्मिसकेपछि पनि धेरै रगत बग्ने आदि हुन् । सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरुमा ज्वरो आउने, योनीबाट गन्हाउने पानी बग्ने वा तल्लो पेट(पाठेघर) दुख्ने, धेरै रगत बग्ने, टाउको साह्रै दुख्ने, हातखुट्टा अह्ररो भई मूर्छा पर्ने आदि हुन् । यस्ता खतराका चिन्हहरु देखिनेबित्तिकै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनै पर्छ ।
गर्भावस्थामा गर्नुपर्ने केही तयारी
स्वास्थ्य संस्थामा गई न्यूनतम ४ वा सोभन्दा बढी पटक जँचाउनै पर्दछ । जुकाको औषधि खाने, टिटी लगाउने तथा आइरन र क्याल्सियम चक्की खाने गर्नुपर्छ । गर्भावस्थामा नियमितरुपमा पोषिला खानेकुरा खानुपर्छ भने चुरोट, जाँडरक्सी तथा जथाभावी औषधिको सेवन गर्नु हुँदैन । मुख, हातखुट्टा, नङ, गुप्ताङ्गलगायत सम्पूर्ण शरीर सरसफाइ गर्नुपर्छ । गर्भावस्थामा महिलाले बढी आराम गर्नुपर्छ । गर्भावस्थामा गह्रौं सामान बोक्नु हुँदैन । गर्भावस्थामा सकारात्म सोच नितान्त आवश्यक छ । आपूmलाई पायक पर्ने स्वास्थ्य संस्थाको छनोट र पैसाको जोहो गर्न पनि बिर्सनु हुँदैन ।
पाठेघर खस्ने समस्या: के भ्रम र के सत्यता !!!
© हीरा के सी
पाठेघर खस्ने पृष्ठभूमि कस्तो छ ?
म सानो छदा मेरो हजुरआमाले खोक्न पनि मिल्दैन, सिढी चढ्न-ओर्लन पनि मिल्दैन, छिनछिनमा पिसाब लाग्ने आदि समस्या भइरहेछ, भनि पटक पटक उपचार गराएको कुरा अहिले पनि म सम्झन्छु/ के भएको भनि बुझ्दा आङ खसेको भनेको मलाई अहिले पनि ताजा नै छ/ त्यसबेला मेरो बालमस्तिष्कले आङ खस्नु भनेको के हो बुझ्न पनि सकेन/ अहिले आएर म सम्झन्छु कि आङ खस्नु भनेको पाठेघर खस्नु भन्न खोज्नु भएको रहेछ/ग्रामीण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई पहिलो कुरा समस्या हो भनि पहिचान गर्न नसक्नु र दोश्रो कुरा समस्या निकै नै बढी हुदाँ पनि लाजले गर्दा कसैलाई नभनि आफु भित्रै दबाएर राख्नुले यसवाट अझै बढी पिडित भएको पाइन्छ/ मेरो हजुरआमा कम उमेरमा विवाहित, कम उमेरमै धेरै बच्चा जन्माएकी, राम्रो सुत्केरी स्याहार नपाएकी, उकाली ओराली गर्ने, भारी बोक्ने, मेलापात गर्ने सबै काम गरेकी ग्रामीण भेगकी महिला, जो पाठेघर खस्ने समस्याले पिडित एक उदाहरण मात्र हुन्/ मेरो हजुरआमा जस्ता कयौ महिलाहरु यो देशमा छन् जसलाई यस्तै अवस्थाबाट गुज्रनु परेको छ/ उचित शिक्षाबाट बन्चित गराईनु, बालविवाह हुनु, कम उमेरमै बच्चा पाउनु, त्यसमा पनि श्रीमान तथा घर परिवारको साथ नपाउने जस्ता कारणले अझै पनि यो समस्या यथावत नै छ/ गर्भवती हुदाँ पनि पहिले जस्तै गाह्रो काम गर्नु पर्ने, सुत्केरी अवस्थामा केहि दिनको आराम पछि नै मेलापातको काममा फर्कनु पर्ने, पोषणयुक्त खानाको कमि हुनु, घरमै असुरक्षित तवरले प्रसुती गराईनु जस्ता बिबिध कारणले गर्दा अहिले पनि पाठेघर खस्ने समस्या एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहदै आएको पाइन्छ/ अव यहि पाठेघर खस्ने समस्याको बारेमा चर्चा गरौ/
पाठेघर खस्नु भनेको के हो?
पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छोडेर तल खसेको अवस्थालाई जनाउछ/ यो समस्या प्रायस धेरै बच्चा पाएकामहिलामा हुने गरे पनि कहिले काहिँ पहिलो बच्चा पाएका महिलालाई पनि हुन सक्दछ/ आङ खस्नु, चोला झर्नु आदि नामहरुले पनि पाठेघर खस्नु लाई बुझिन्छ/
पाठेघर खस्ने कारण के-के हुन्?
महिलाहरुको पाठेघर खस्नुको मुख्य कारण गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु बिस्तारै तल खस्नाले हुन्छ/ कम उमेरमा बिवाह गर्नु अनि बच्चा जन्माउनु, गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि साललाई बल प्रयोग गरेर निकाल्नु, सुत्केरी स्याहार राम्रो नहुनु, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौ काम गर्नु, गह्रौ भारि बोक्नु,धेरै हिड्नु,चुरोट सेवन गर्नु र बारम्बार खोकि रहनु आदि पाठेघर खस्नुको मुख्य कारणहरु हुन्/
पाठेघर खस्दा के के लक्षणहरु हुन्छन् ?
पाठेघर खसेको महिलाहरुमा खोक्दा, हाँस्दा, भारी बोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा, पाठेघरको मुख योनिको प्वालमा देखिने हुनको साथै पाठेघरले पिसाब थैलीलाई थिच्ने हुदाँ छिनछिनमा पिसाब लाग्ने, तल्लो पेट दुख्ने, ढाड तथा कम्मर दुख्ने हुन्छ/ बाहिर निस्केको पाठेघरमा त झन संक्रमण हुनगई घाउ हुने, हिड्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन/ पाठेघर खस्ने समस्याले शारीरिक रूपमा त असर गर्छ नै यसले पारिवारिक तथा सामाजिक समस्या पनि निम्त्याउने गर्दछ/ बैवाहिक जीवनमा असर पार्न सक्दछ/ महिलाको यो समस्याले यौन सम्पर्क गर्दा समस्या हुनसक्दछ जसले गर्दा श्रीमान संगको सम्बन्ध बिग्रने पनि हुनसक्दछ/ सधैको शारीरिक समस्याले मानसिक रूपमा पनि विछिप्त बनाउन सक्दछ/ सेतो गन्हाउने पानी आउने हुनाले समुहमा बस्दा छि-छि दुर-दुर हुनसक्ने डरले एक्लै बस्ने र एक्लो महशुस गर्ने हुन्सक्छ/
पाठेघर खस्ने नदिन के रोकथाम गर्ने सकिन्छ?
पाठेघर खस्ने समस्याको रोकथामको लागि किशोरावास्था देखि नै ध्यान दिनु पर्दछ/ किशोरीहरुलाई पोषिलो खानाखुवाउने, महिलाको उमेर कम्तिमा २० बर्ष पुगेपछि मात्र बिवाह गर्ने,२० बर्षको उमेर पछी मात्र बच्चा जन्माउने, परिवार नियोजनको साधन अपनाउने र कम्तिमा बर्षको जन्मान्तरमा मात्र दोश्रो बच्चा जन्माउने, गर्भवती हुदाँ कम्तिमा ४ पटक र सुत्केरी अवस्थामा कम्तिमा ३ पटक स्वास्थ्य जांच गराउने, स्वास्थ्य संस्थामा दक्ष प्रसुतिकर्मीबाट प्रसुती गराउने, गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने, सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने, गह्रुंगो भारी नबोक्ने गर्नुपर्छ/
पाठेघर खसेकोको उपचार पद्दति कस्तो हुन्छ ?
सुत्केरी अवस्था देखिनै शारीरिक ब्यायाम, जस्तो केगल ब्यायाम तथा योगासन गर्नाले पाठेघरको तन्तु तथा वरिपरिको मांसपेशी बलियो बनाउन सकिन्छ/ पाठेघर झरेको अवस्था पहिचान गरि चुरा आकारको रवर वा प्लास्टिकले बनेको रिंग पेसरी राक्नु पर्छ जसले पाठेघरलाई आफ्नो स्थानमा राख्छ/ पाठेघर झरेको आकार तथा श्रेणीका आधारमा रिंग पेसरिको आकारको निर्धारण गरिन्छ/ पूर्णरुपमा पाठेघर खसेको समस्याको उपचार भनेको शल्यक्रिया नै हो/