© डा. सुर्य पराजुली
धरान
गजल
मातृभुमी रुदै छ आंसु पुछने को ?
खोसी भाग देशको हो लुछने को ?
सधै आमालाई नै आरोपित गर्दै
निरस हुन जेल देशलाई चुस्ने को ?
जातियताको नँया क्रान्ती निहुमा
कलह र बैमनस्य मुछ्ने को ?
शान्ति प्रिय नाराहरु मिठो लाउदा
अराजकता फैलाई हो घुस्ने को ?