प्रकाशित मिति:२०७० चैत ११ गते १६:११
सप्तरी
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आठौं सेमेष्टारका विद्यार्थीहरूले हेल्थम्यान फिल्ड कार्यक्रमका क्रममा विश्व क्षयरोग दिवस मनाएका छन् ।
कार्यक्रममा मैनबत्ती प्रज्वलन गरिनुका साथै विद्यार्थीहरूले क्षयरोग बारेमा सहजीकरण गरेका थिए । सो अवसरमा प्रशिक्षक डा.सूर्य पराजुलीले यस वर्षको ‘छुटेका सबै क्षयरोगका बिरामीलाई खोजौं, उपचार गरि निको पारौं’ भन्ने नाराको सान्दर्भिकता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सप्तरीका जनस्वास्थ्य प्रमुख विजयकुमार झालगायत जनस्वास्थ्य निरीक्षक रामदेव यादव, सुरक्षा निकायका व्यक्तिहरूको पनि उपस्थिति थियो ।