
विराटनगर – नेपाल मेडिकल भोलिन्टियर सोसाईटीको आयोजनामा एक दिने ‘रिसर्च मेथोडोलोजी’ सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।
वैज्ञानिक स्वास्थ्य अनुसन्धानलाई पुर्बी नेपालमा अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा एमफिल, एम एस्सी नर्सिङ, वि एस्सी नर्सिङ, एमबीबीएस, बीएन, बीपीए, स्टाफ नर्स अध्ययनरत विधार्थीहरु समेत गरी ४० जना बढीले सहभागीता जनाएका थिए ।
सोसाइटीका अध्यक्ष डा. सूर्य पराजुलीका अनुसार सहभागीहरुलाई मेडिकल इथिक्स, रिसर्च र यसको आवश्यकता, रिसर्च मेथोडोलोजी, प्रोपोजल डेभलप्मेंट, वैज्ञानिक अनुसन्धान, रिसर्च सफ्टवेयर आदिको बारेमा तालिम दिइएको थियो ।
नेपालमामै पहिलो पटक स्थानीय संस्थाको आयोजनामा भएको यो कार्यक्रममा विभिन्न समुह र विषयका विद्यार्थीहरु सहभागी भएको सोसाइटीका अध्क्षय डा. पराजुलीले बताए । उनले आगामी दिनमा अझ बढी अनुसन्धात्मक कार्यक्रमहरु संचालन गरिने जानकारी दिए ।
उक्त कार्यशाला गोष्ठीको डा. पराजुली सहित डा. पार्थ गुरागाई, नविन लामिछाने, संयोग खतिवडा, हीरा के सी, बाबुराम पोखरेल, सूर्य नारायण चौधरीले लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम कोशी हेल्थ एण्ड साईन्स क्याम्पस विराटनगरमा भएको थियो ।