Print
Category: Literature
Hits: 1354

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 



© वियोगी बुढाथोकी (फेसबुकमा म)
    प्राज्ञ सदस्य, नेपाल प्रज्ञा-प्रतिष्ठान
    Chief Editor and Publisher of Sivapuri Sandesh


हृदयमा ओढाइएको पाल कस्को होला

छलछाममै झुक्याउने चाल कस्को होला

ओठमुख सुकेर आगो बल्ला झै अबस्था
प्यास मेट्न असफल त्यो ताल कस्को होला

मन्दिरकै बगलमा मधुशाला खोलेर
प्रशासन छल्न सफल खाल कस्को होला

मन त थिएन बहुला झैं भएर बाँच्न
पागलखाना पुर्याउने जाल कस्को होला ।