Print
Category: Literature
Hits: 2762

User Rating: 1 / 5

Star ActiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 



© सविता देवकोटा (फेसबुकमा म)


भन्न सक्छौ तिम्रो मनका व्यथाहरू
सुनाउन सक्छौ मलाई तिम्रा गुनासोहरू
सुन्ने छु म तिम्रो जीवनका भोगाईहरू!!

सके साथ दिनेछु
नसके विश्वास दिलाउनेछु
आउ सुनाउ मलाई तिम्रा हृदयका घाउहरू !!

तिम्रा हृदय भित्र थुप्रै घाउहरू होलान
आउ सुनाउ तिम्रा गाथाहरू
म तिम्रो घाउमा मलम लगाउने प्रयास गर्नेछु !!

तिम्रो दविएका आवाजहरू उठाउनेछु म
गहिएर तिम्रो व्यथाहरू सुन्नेछु !!

सके साथ दिनेछु
नसके विश्वास दिलाउनेछु
आउ सुनाउ मलाई तिम्रा हृदयका घाउहरू !!

आउ सुनाउ तिम्रो मनमा भएका भारीहरू
म कलमले केर्नेछु
तिम्रो लागि जेजे गर्नु पर्छ
लड्नु परे पनि म दुनिया संग लड्नेछु !!

तिम्रा खोसिएका अधिकारहरू दिलाई
तिमीलाई न्याय दिलाउने प्रयास गर्नेछु !!

तिमी कमजोर बन्नु हुदैन
अह तिम्ले कमजोर बन्नु पनि हुदैन
मुटु दरो बनाउनु पर्छ
संघर्ष गरेर हरेस नखाई
दुनियालाई हाराउन सिक्नु पर्छ !!

सके साथ दिनेछु
नसके विश्वास दिलाउनेछु
आउ सुनाउ मलाई तिम्रा हृदयका घाउहरू !!