-
-
Category: Literature
-
Hits: 1511

© चूडामणि नेपाल अकिञ्चन (फेसबुकमा म)
युगौँको इतिहास
पात्ले घारिको सिरानमा
घामको ताप र शीतको कहर खपेर
गजधम्म पल्टिएको छ
गैरी खेतको रखबारी गर्दै
कालो अजङ्गको फड्के ढुङ्गो
जहाँ गोठालाहरु सिँयाल ताप्छन
कटुस खान्छन् र बाघचाल खेल्छन्
खेतालाहरु खाजा खान्छन्
बाख्राहरु जीवन उग्राउँछन्
गाई गोरुहरु ढाड कन्याउँछन्
युवा युवतीहरु अडेस लागेर चुम्बन साट्छन्
केटाकेटीहरु लुकामारी खेल्छन्
गाउँलेहरु संसारी माईको पूजा गर्छन्
अहिले त्यो युगको इतिहासलाई साक्षी राखेर भएको छ
अनेक फयाक तथापि मध्यराततिर अँगालिन्छ रे
जमिन हल्लिनेगरि अनि आँसु चुहाउँछ रे
नियतिलाई सराप्दै उहिले पहाडको चुचुरोबाट विश्व नियाल्थ्यो रे
सवैभन्दा अग्लो मै हुँ भन्थ्यो रे
आफुमाथि उभ्याएर सवैलाई उचाईमा पुर्याउँथ्यो रे
सायद प्रारब्ध होला
माथिकोले पनि तल झर्नु पर्ने साच्चै
तल झरेपछि माथि चढन कति गाह्रो हुन्छ हँ ?