
विराटनगर चैत्र २५
नेपाल मेडिकल भोलिन्टियर सोसाईटी प्रा लिको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्पन्न भएको छ । बिराटनगरको महेन्द्र चोकमा दिप प्रज्ज्वलन सहित गरिएको कार्यक्रममा यस वर्षको नारा मधुमेहलाई पराजित गरौ भन्ने बिषयमा अन्तरक्रिया भएको थियोर सोसाइटिका अध्क्षय तथा प्रवन्ध निर्देशक डा. सूर्य पराजुलीको सभापतित्वमा संम्पन्न कार्यक्रमलाई जिल्ला जनस्वास्थ्य प्रमुख भानु यांदेन, कोशी अंचल अस्पतालका प्रमुख डा. रोशन पोखरेल, बरिष्ठ जनस्वास्थविज्ञ तथा साहित्यकार डा. नवराज सुब्बा लगायत सोसाइटिका नविन लामिछाने, डा. पार्थ गुरागाईं, वाबुराम पोखरेल, संयोग उप्रेती, प्रनिस श्रेष्ठ, हीरा के सीले सम्बोधन गर्नु भएको थियोर फ्रेन्ड्स अफ एनएमभीएसको सक्रियतामा सम्पन्न कार्यक्रमलाई आउदा दिनमा अझ ससक्त पारिदै लैजाने अध्क्षय डा. पराजुलीले सो अवसरमा बताउनुभयो।