हामीसँग स्वास्थ्य सम्बन्धी विषयवस्तु किन सर्वसुलभ नभएको होला ?
स्वास्थ्य सम्बन्धी विषयवस्तु कम भएको हो किनभने मेडिकल डक्टरलाई पनि अङ्रेजीमा पढेको जटिल कुरा सरल नेपाली भाषामा व्यक्त गर्न गार्हो छ । धेरैलाई त रुची पनि छैन । धेरै कमलाई मात्र स्वास्थ्यको चेतनाको कार्यक्रम, विषयवस्तु ल्याउनु पर्छ भन्ने चाहना होला । अर्को कुरा नेपालीमा स्वास्थ्य सम्बन्धी आर्टिकल लेख्न पनि निकै गार्हो छ र डक्टरसँग समय पनि कम हुन्छ । स्वास्थ्य सम्बन्धी जानकारी खोज्ने , लेख्ने र त्यसलाई स्थानिय तहसम्म पुरयाउने काम चुनौतिपूर्ण कुरा हो । .............