-
-
Category: health articles
-
Hits: 5064
Child Health: स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य हुनुपर्छ : डा. सूर्य पराजुली
सामान्य भाषामा बुझ्नुपर्दा बच्चाको जन्म भइसकेपछि आमाले बच्चालाई आफ्नो दूध खुवाउनु स्तनपान हो। हामी धेरैले विभिन्न माध्यमबाट सुनेको, भोगेका नै छौं कि स्तनपान अमृतपानसरह हो। अंग्रेजी महिना अगष्टको पहिलो हप्ता पारेर विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष विश्वभर स्तनपान सप्ताह मनाउने गर्दछ । हुन त स्तनपानका बारेमा वर्षैभरि जानकारी राख्नु आवश्यक छ । तर पनि यस सप्ताहको बेला विशेष जानकारीमूलक कार्यक्रमहरु हुने गर्दछन् । ‘शिशुलाई स्तनपान गराउनको लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ नेपालमा स्तनपान सप्ताह सफल भएको छ । नेपालले सन् १९९५ देखि यो दिवस मनाउन शुरु गरेको हो। बच्चा जन्मिएपछि ६ महिनाको उमेरसम्म आमाको दूध माग खुवाउनु पर्दछ। जसलाई ‘एक्सक्लुसिथ व्रेष्ट फिडिङ’ भनिन्छ । स्तनपानका सन्दर्भमा हाम्रो गाउँ समाजमा विभिन्न धारणाहरु रहेको हामीले अध्ययन–अनुसन्धान भ्रमणको क्रममा भेटेका छौं । पहिले स्तनबाट आउने बिगौती दूध बच्चाको लागि अति नै आवश्यकीय वस्तु हो । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सशक्त पार्न मद्दत गर्दछ । यसले बच्चालाई रोग लाग्नबाट पनि बचाउाछ । बिगौती दूध फोहोर दूध हो भनेर फाल्ने चलन अझै पनि भेटिन्छ, यो एकदमै गलत बुझाइ हो । वास्तवमा यो दुध खुवाउनै पर्दछ । अझ डरलाग्दा केही सामाजिक चलनहरुको बारेमा कुरा गरौं । जस्तो कि छ्याङ, मह, दालको रस, गाईको दूध बच्चालाई जन्मनेबित्तिकै खुवाउने प्रचलन गलत हो ।
इतिहासको प्रसङ्ग कोट्याउने हो भने इजिप्टसियन् ग्रिक तथा रोमन साम्राज्यको बेला महिलाहरु आफ्नो बच्चालाई मात्र दूध खुवाउने गर्दथे । राजकीय परिवारभित्र बच्चालाई दूध खुवाउन बाहिरबाट ‘ओएट नर्स’ को रुपमा महिलाहरुलाई ल्याउने चलन थियो । जुन युरोपभर पछिसम्म पनि रहिरह्यो । १५ औं शताब्दीतिर आएर गाई तथा बाख्राको दूध खुवाउने प्रचलन शुरु भयो । सन् १९०० तिर स्तनपानलाई पश्चिमी राष्ट्रहरुमा गलत दृष्टिकोणले हेर्न थालियो। पछि सन् १९६० पछि भने यस्तो नकारात्मक दृष्टिकोणमा सुधार आयो ।नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११ को तथ्याङ्क हेर्दा करीब ४५ प्रतिशत महिलाले मात्र १ घण्टाभित्र बच्चालाई स्तनपान गराएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने अझै पनि स्तनपान सम्बन्धमा आवश्यक ज्ञान राम्ररी नगएको जानकारी पाइन्छ।
आमाको दूध बच्चाको लागि अति नै उत्तम वस्तु हो भनेर हामीले माथि नै प्रष्ट पारिसक्यौं । दूध खुवाउनाले आमा तथा बच्चा र परिवार समाज सबैलाई फाइदा हुने कुरामा दुईमत छैन। आमाको दूध बच्चालाई खुवाउन कुनै वैज्ञानिक परीक्षण प्रायश: गर्न पर्दैन । आमाको दूध बच्चाको पाचन प्रणालीले सहजै पचाउन सक्दछ । यदि अरु खाना खुवायौं भने नपचेर झाडापखाला लगायतका समस्याहरु आउन सक्दछन् । स्तनपानले बच्चाको शारीरिक र मानसिक दुवैको वृद्धिमा सहयोग पुर्याउाछ । आमाको दूध खाने बच्चाको सकारात्मक सोच्ने क्षमतामा वृद्धि हुने अनुसन्धानहरुले देखाएका छन् । यसो त आमाले दूध खुवाउदा आमाको पाठेघर सामान्य अवस्थामा फर्काउन मद्दत गर्दछ । यसले प्राकृतिक परिवार नियोजनको पनि काम गर्दछ । आमाको दूध किन्न पर्दैन, यसर्थ यसले आर्थिक बजार पनि कम गराउाछ । यदि हामीले बजारमा पाइने फर्मूला दूधको प्रयोग गर्र्यौं भने आर्थिक व्यभार पनि बढाउाछ। त्यस्तो प्रकारको दूधको प्रयोगले बच्चामा विभिन्न संक्रमणहरु हुन सक्दछन्। आमाको दूध जतिबेला पनि तयार हुन्छ न कि फर्मूलाहरु तयार पार्नु पर्दछ । आमाको दूध प्राकृतिकरुपकै तयार अवस्थाका रहने हुादा बच्चाको आवश्यकताअनुसार जुनसुकै बेला पनि खुवाउन सकिन्छ । आमाको दूध खाने बच्चाहरुमा आमाप्रति बढी नै आत्मिक सम्बन्ध रहने कुरा अध्ययनहरुले प्रष्ट पारिसकेका छन्। भनिन्छ आमाको दूध खाने बच्चालाई भविष्यमा दम, अस्टियोपोटोसिस, हर्निया, मेनिन्जाइटिस पनि कम गराउादछ । आमाको दूधको फाइदा बारेका प्रसङ्गहरुमा हामी विभिन्न दृष्टिकोणले केलाउन सक्दछौं । अरु धेरै फाइदाहरु पनि छन् । तर हिजोआज बढ्दो शहरीकरण र आधुनिकतासागै बच्चालाई आमाको दूध खुवाउने प्रचलनमा कमि आउादै गएको छ । यस्तो प्रचलनले गर्दा धेरै समस्याहरु उत्पन्न हुन सक्दछ । तसर्थ, कार्यालयमा बच्चालाई स्तनपान गराउने, अरु ठाउमा पनि बच्चालाई स्तनपान गराउन सबैको सहयोग जरुरी रहन्छ। आमा स्वयम्ले यसमा अग्रणी भूमिका खेल्नुपर्छ। समग्रमा भन्नुपर्दा सप्ताहको समयमा मात्र नभई वर्षभर स्तनपानको फाइदाहरुको बारेमा जनचेतनामूलक जानकारी प्रदान गरिरहनु सम्बन्धित निकायको कर्तव्य हो भने हामी सबै सचेत रहनु झन् ठूलो कर्तव्य हुन आउछ।