Print
Category: health articles
Hits: 3948

User Rating: 1 / 5

Star ActiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

 

 

विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल - बल्ड डोनेशन क्लबको यहिँ चैत्र ०९ गते शुक्रवारका दिन प्रथम वार्षिकोत्सव तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको छ। बुढिगँगा गाउँ पालिकाका अध्यक्ष श्री बालचन्द्र माझीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सोही कल्बकी निवर्तमान अध्यक्ष प्रसुन राजभण्डारीले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। कार्यक्रममा २०१७ सालमा रक्तदान गर्नुहुने सम्पूर्ण विद्धार्थी तथा अन्य रक्तदाताहरूलाई प्रशंसा पत्र वितरण गर्दै सोही कलेजका प्रिन्सिपल डा. हेमसागर रिमाल र क्लबका प्यात्रण तथा कलेजका भाईस चेयरम्यान डेनिस कार्कीले क्लबको स्थापना पछि अस्पतालमा ताजा रगतको पुर्तिमा सहजता आएको बताउनुभयो। सनम ढकाल र दिक्षा देवकोटाले सन्चालन गरेको सो कार्यक्रममा क्लबको भावी कार्यदिशा र नवगठित समितिको कार्ययोजना क्लबका अध्यक्ष मिलन अधिकारीले सबैलाई बताएका थिए।

कार्यक्रममा क्लबका सल्लाहकार डा. सूर्य पराजुलीले क्लबको तर्फबाट सबैलाई स्वागत गर्दै रगतको महत्वको बारेमा प्रष्ठ  पारेका थिए भने क्लबकी सदस्य सरिता ढकालले रगतको महत्व बारेमा कविता वाचन गरेकी थिइन्। क्लबका सचिव विश्वास अधिकारीले रक्तदान को महत्व बारे बोलेका थिए। कार्यक्रममा डा. सन्देश दास श्रेष्ठ, निशा खुसि, बुढिगँगा गाउँ पालिकाकी महिला स्वयम सेविका दसनी देवि माझी, वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्टुडेन्ट ब्लड डोनेसन कमिटिका सभापति विमल तामाङ, कल्बका सल्लाहकार डा. पार्थ गुरागाईं तथा बिद्यार्थी रविन्द्र जैसवाल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा टंकी स्वास्थ्य चौकीका प्रमुख रबिन्द्र महतो, नर्सिंग इन्चार्ज रन्जु चौधरी, समाजसेवी उमेश रेग्मी, मेडिकल कलेजका प्रशिक्षक चिकित्सक, बिद्यार्थी गरि करिब १०० जनाको सहभागिता रहेको थियो। क्लबका सल्लाहकार डा.पराजुलीले क्लबलाई अझै परिस्कृत बनाउदै रक्तदानमा सबैलाई सहभागी बनाउन आवश्य तालिम दिने बताउनु भयो।