Print
Category: Cancer
Hits: 3629

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 
Our Biratnagar
बिराटनगर ४ फेब्रुअरी,२०१७ विराटनगर
 

आज विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुलमा सम्पन्न कार्यक्रममा डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईं, शिखा बस्नेत तथा हीरा के सी लगायतले सहजीकरण गर्नु भएको थियो। सो प्रशिक्षण कार्यक्रममा क्यान्सरको समयमै पहिचान कसरी गर्ने तथा उपचारमा कसरी लाग्ने बारेमा छलफल गरिएको थियो। विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको छ। एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिवार ८ बजे यो कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिनु भयो।

 

Click here for reference